सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
संसार भरि कोरोना कहर छ
स्कुल जान मलाई त रहर छ
अनलाइन कक्षा हुन त भइरन्छ
इन्टरनेट बीच बीचमा गइरन्छ|
पढ्दा पढ्दै कैले त ह्याङ हुने
मिलाई हेर्दा पढाई नै सकिने
धेरै पढ्न मोबाइलमा मुस्किल
लौन छिटो खुलाईदेउ स्कुल|
कैले भाग्ला कोरोना पापी
यो त साह्रै रैछ नि नजाती
छ महिना हुँदा नि गएन
पन्छाउने उपाय केही भएन|
(श्रीजल नेपाल सेवा सदन स्कुल बत्तिसपुतली,काठमाडाैंमा कक्षा-४मा अध्ययनरत छन्)