सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
साथीहरू सुन न सुन कोरोनाबाट बच न
घरभित्र बसेर भाइबहिनीसँग खेल न।
लकडाउनको नियम मानेर घरभित्रै बस न
साबुन पानीले हात धाेऊ काेराेनालाई मार न।
घरबाहिर जाँदाखेरि मास्क लगाऔँ
घरभित्र आँउदाखेरि स्यानिटाइजर लगाऔँ।
अरूबाट दुरी बनाऔँ ताताे पानी खाऔँ
सुरक्षित घरमै बसाैँ भिडभाडमा नजाऔँ।
काेराेनालाई मास्ने राम्राे यही अचुक उपाय
हात नमिलाऔँ साथीहरू नमस्कार गराैँ न।
चीनबाट फैलेकाे याे काेभिड यसकाे नाउँ
रूघाखाेकी ज्वराे खाए अस्पताल नै जाउँ।
औषधी नै छैन यसकाे मरेका छन् धेरै
सङ्क्रमित छन् धेरै जना सचेत बनाै बरै।
घरमै बसी चित्र काेराैँ पाठ पनि पढाैँ
हाँसाैँ, गाऔँ, नाचाैँ, खेलाैँ घरभित्रै बसाैँ।
(तनिष्क शाक्य डियरवाक सिफल स्कुल कक्षा ५ मा अध्ययनरत छिन्)