सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
रम्छन् आफ्ना सपनाहरुमा फुलका कोपिला झैं
राख्छन् हाँसो साँची ओठमा दन्त लहर फिँजाइ
बोल्छन् मीठो तोते बोली पनि कोइलीको मीठो धुन झैं
हिँड्छन् अहो ताते ताते गरी आमाको हात समाई।
इन्द्रेणीका सात रङ झैं सुन्दर र सुशील
धर्तीलाई विकसित पार्ने सपना यिनका छ ठूला
पढीलेखी बनाउँछन् यिनी समृद्ध देश नेपाल
निश्चल काेमल हृदय यिनका छन् तर निकै साना।
पढ्नु, लेख्नु, खानु अनि खेल्नु हुन् बाल अधिकार
बालबालिका हुन् भविष्यका निर्माता कर्णाधार
विश्वको भविष्य छ यिनका कोमल ती हातमा
त्यसैले त लड्नुपर्छ हामी बालबालिकाको हकमा।
फूल्न र फक्रन देऊ साना ती कोपिलालाई
पङ्ख फिजाई उड्न देऊ साना ती हातहरुलाई
हौसला अनि हिम्मतको प्रेरणा यिनलाई देऊ
पवित्र ती आँखाहरुमा आँसु आउन नदेऊ।
(रिदम भेटवाल रत्न राज्य मा. वि. मा कक्षा १० मा अध्ययनरत छिन्)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)