सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
म मेरा आमाबाबा र बहिनीसँग पोखरा गएकी थिएँ।
जानुभन्दा एकदिन पहिला मैले आफ्नो सामान तयार गरेर राखेकी थिएँ। म अर्को दिनको धेरै नै प्रतीक्षा गरिरहेकी थिएँ।
भोलि पल्ट ४ बजे बिहान हामी ठमेलमा बस चढ्न गयौं। केही समयपछि हामीले एक ठाउँ खानका लागि रोक्यौं।
हामी खाना खाइसकेपछि फेरि बसमा चढेर आफ्नो यात्रा कायम गर्यौं। हामी पोखरा पुगेपछि होटल पुग्यौं र फ्रेस भयौं। खाना बाहिर नै खाएर हामी सुत्यौं।
भोलि पल्ट हामी बिहानै फेवा तालमा डुंगा चढेर तालबाराहीमा दर्शन गर्यौं। त्यसपछि भने हामी डेविड्स फल्स र शान्ति स्तूप घुम्न गयौं।
मलाई आमा र बुवाले थुप्रै सामान किनिदिनु भयो। म निक्कै खुसी थिएँ। मैले धेरै तस्विर पनि खिचेँ। मलाई धेरै रमाइलो लाग्यो।
मलाई सबै भन्दा रमाइलो ठाउँ पोखरा नै लाग्यो किनभने अरू ठाउभन्दा भिन्न रहेछ।
अर्को दिन भने म आमाबुवा र बहिनी फेवातालमा डुंगामा घुमेर मात्र होटल फर्कियौं। भोलिपल्ट बिहानै हामी लुम्बिनीका लागि बस स्टपमा गयौं।
म मेरो पहिलो पोखरा यात्रा कहिले भुल्ने छैन।
(आराध्या प्रसाई डियरवाक सिफल स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्)