सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
सगरमाथा संसारको सबभन्दा अग्लो हिमाल हो। यो हाम्रो देश नेपालमा छ।
हाम्रो देशको सगरमाथा अञ्चलको उत्तरतर्फ रहेको यो हिमालको उचाइ ८,८४८ मिटर छ। यो नेपालको सोलुखुम्बु भन्ने जिल्लामा पर्छ।
हाम्रो देशमा अरू पनि थुप्रै अग्ला हिमालहरु छन्। तर सगरमाथा भने हाम्रो देशको सबभन्दा अग्लो हिमाल हो।
सगरमाथा हाम्रो देशको पहिचान हो। हाम्रो देशमा सगरमाथा भएकोले धेरै देशबाट पर्यटकहरु आउने गर्छन्।
सगरमाथाले गर्दा हाम्रो देश को इज्जत झन् बढेको छ। प्रत्येक वर्ष धेरै मानिसहरु सगरमाथा आरोहणका लागि आउँछन्। उनीहरू प्रायःले पहिला नै सानो तिनो हिमालहरू चढिसकेका हुन्छन्।
नेपाली तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा पहिलोपटक चढेका थिए। अहिले पनि धेरै जना मानिस सगरमाथा चढ्ने प्रयास गर्छन्। विदेशीहरुलाई पनि सगरमाथा चढ्न प्रायः नेपालीहरूले नै सिकाउँछन्।
त्यसैले अरु देशका मानिसहरुले नेपालीहरुलाई साहसी भन्छन्। सगरमाथा हाम्रो पहिचान मात्र होइन शान पनि हो।
(आराध्या प्रसाई डियरवाक सिफल स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्)