सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कोरोना आयो भन्दैमा नरूनू
साबुन पानीले मिचिमिची हात धुनू।
काटुन हेरी समय फाल्ने काम
आजबाट कहिल्यै म गर्दिनँ।
मेहेनत गरी सधैँ पढ्छु
बढ्छु अघि कहिल्यै म लड्दिनँ।
समयलाई राम्ररी चिन्नेछु
घरमै बसी राम्रा कुरा सिक्नेछु।
लेख्नु पढ्नु कहिलेकाहीँ खेल्नू
लखरलखर अहिले चाहिँ नहिँड्नू।
(प्रार्थना क्षेत्री डियरवाक सिफल स्कुल, सिफलमा कक्षा ४ मा अध्ययनरत छिन्)