सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता
मेरो सानो कुकुर छ
चोर आयो कि भुक्छ
मिठो मिठो खाना खाई
लडिबुडी गरी खेल्छ।
घरमा आउने पाहुनालाई
पुच्छर हल्लाई हल्लाई चाट्छ
कवाडी बोक्नेहरु उस्लाई देख्यो कि भाग्छ
बच्चा बच्चीलाई देख्यो भने त्यसै त्यसै नाच्छ।
आफ्नो हो कि अरु भनी घरि घरि सुंघ्छ
घर भित्रै स्वर्ग मानी उफ्रि उफ्रि खेल्छ
स्कुल जाने बेलामा पछि पछि लाग्छ
राती खाना खाई आफ्नै ठाउमा सुत्न जान्छ।
(शुभ श्रेष्ठ, फ्युचर स्टार हाइस्कुल, जावलाखेलमा कक्षा ४मा अध्ययनरत छन्)