सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता
आहा कति रमाइला छन्
हाम्रा यी दिन
पढ्दै, लेख्दै, नाच्दै, गाउँदै
रमाऊँ एकैछिन।
आफू पनि खुसी बनौँ
अरुलाई नि हँसाइराखौँ,
कोरोनाको महामारीबाट
आफू बचौँ, अरुलाई नि बचाऊँ।
स्कूल नलागेर के भो त,
घरमै पनि सिक्न सक्छौं
स्कुलका नियम बिना
सारा कुरा देख्न सक्छौँ।
फाइदा रैछ इन्टरनेट
चलाउन जान्दा,
पढ्ने कुरा धेरै पाइन्छ
खेल्ने कुरा भन्दा।
लकडाउनको समयलाई
राम्रोसँग प्रयोग गरौँ,
इन्टरनेटमा सबैजना
ज्ञानगुनका कुरा हेरौँ।
(अमोल खतिवडा काठमाण्डौ लिङ्कन स्कुलमा कक्षा ३मा अध्ययनरत छन्)