सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
देशभरी लकडाउन भएको थियो। सबै क्षेत्रमा सुनसान थियो। यस्तैमा मेरो स्कूलमा अनलाईन कक्षा संचालन भयो।
अहिले सम्म एउटा अनलाईन परिक्षा संचालन भइसकेको छ। अब असोजको दोस्रो परीक्षा भने केहि समयमा हुदैछ।
प्रयोगात्मक परीक्षा अन्तर्गत 'तिमी ठूलो भए पछि के बन्ने ईच्छा छ? आफैं गीत गाउँदै नाचेर भिडियो सूट गरी पठाऊ। तिम्रो जिल्लामा पर्ने धार्मिक र साँस्कृतिक वस्तुहरुको सूचीहरु लेखेर पठाऊ।' भन्ने जस्ता प्रश्नहरु मेरो कक्षा शिक्षकले दिईरहनु हुन्छ।
मलाई भने मेरो थोत्रो ल्यापटपले दिनु दुःख दियो।
मेरो पढाई भइरहेको समयमा माईक बिग्रिएर गुरुआमाले सोधेको कुराको जवाफ दिन नपाएको घटना त घरीघरी भइरहन्थ्यो। माईक ठीक भएको समयमा फेरि क्यामरा बिग्रिएर गुरुआमा र साथीहरुले मेरो अनुहारनै देख्नुहुन्न।
यी दुबै कुरा ठीक भएर सरसर्ती पढिरहेको समयमा लाईन गएर वाइफाई नै सट्ट गएर पढाई नै छुट्ने त धेरै भएको छ।
यी सबैको समाधान कसरी हुन्छ बाबा? भनि बाबालाई सोधेको त, नयाँ ल्यापटपले दिनसक्छ तिम्रा यी सबै समस्याका समाधान भन्नुभयो।
मैले फेरि सोधेँ 'त्यसो भए मेरो नयाँ ल्यापटप कहिले आउँछ त बाबा?'
'बाबु तिमीलाई म छिट्टै नयाँ ल्यापटप किनिदिन्छु। त्यसपछि त्यसै ल्यापटपमा पढौला।'
बुबाले यति भन्दा भन्दै पनि मलाई भने निक्कै दुःख लागिरहेको थियो।
बाबाले समाचार हेरिरहेको समयमा म पनि टिभि हेर्न बसे। मैले टिभिको स्क्रीनमा ल्यापटप बोकेर हिँडेका मानिसहरुलाई देखें।
मैले कौतुहल भएर बुबालाई भने 'यी सबै मानिसहरुसंग त नयाँनयाँ ल्यापटप छन् नि त बाबा।'
बाबाले भन्नु भयो 'हेर बाबु उहाँहरु त प्रधानमन्त्री र मन्त्रीहरु हुन्। उहाँहरुलाई ल्यापटप प्रधानमन्त्रीले दिनुहुन्छ। उहाँले चाहनुभयो भने कानुन बनाएर तिमीहरु जस्ता सबै बालबालिकाहरुलाई ल्यापटपहरु दिन सक्नु हुन्छ।'
मैले बाबासंग अरु कुरा गरिनँ तर मलाई मन मनै प्रधानमन्त्री हुन मन लाग्न थाल्यो। म सुत्न गएँ।
सपनामा त साँच्चै प्रधानमन्त्री भएछु।
मैले बाबाले भने जस्तै कानून बनाएर म लगायत मेरा सबै साथिहरुलाई नयाँनयाँ ल्यापटपहरु दिनु भनेर मन्त्रीहरुलाई आदेश दिएँ। सबै बालबालिकाको लागि ल्यापटप, आईप्याड, आइटच र इन्टरनेट लाइनको राम्रो व्यबस्था मिलाउन भने। सबैले इन्टरनेट जहाँ बसेर पनि चलाउन सक्ने व्यवस्था गरेँ।
सबैले खुसी भएर पढदै 'वाह ! हिमेश क्या गजब गरिदियौ।' भन्दै तालि पड्काउँदाको आवाज सुन्दा त, म त आफ्नै बिस्तारामा पो रहेछु।
बिहान भइसकेको रहेछ र मलाई फेरि त्यही थोत्रो ल्यापटपले काम चलाउनु थियो। मैले अघि भर्खरै गरेका सबै कामहरु त मेरा सपनाहरु मात्र रहेछन्।
साथीहरु मैले भर्खरै देखेको सपना साँच्चै भए कति मज्जा हुने थियो है।
(हिमेश थापा लिट्ल फ्लावर स्कूल, चितवनमा कक्षा ४मा अध्ययनरत छन्)