सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता
आज छ महिना भयो
मेरो र विद्यालयको भेट नभएको
मेराे र कक्षाकोठाको भेट नभएको
मेरो र खेल मैदानको भेट नभएको
मेराे र खाजाघरको भेट नभएको
मेराे साथीहरुसँगको भेट नभएको
मेराे शिक्षिकाहरूसँग भेट नभएको
मेरो र विद्यालयकाे भेट नभएको।
आज छ महिना भयो
अझै कति दिन बढ्ने हाे
याे कोरोनाको कहर
अझै कति दिन साँच्ने हो
यो मनको रहर
अझै कति दिन साँच्ने हो
यो मनको रहर ।
(शुभश्री मल्ल डियरवाक सिफल स्कुलमा कक्षा २मा अध्ययनरत छिन्)