सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता
चीनबाट फैलियो कोरोनाको लहर
सुनसान देखिन्छ सम्पूर्ण सहर।
घर बाहिर जाने हो हाम्रो रहर
तर बाहिर जाँदा सताउँछ है कोरोनाको कहर।
यस माहामारीले ठप्प पार्यो सबै काम
हामी आत्तिनु हुँदैन सुनेर कोरोनाको नाम।
थुप्रै मानिसले गुमाए आफ्ना रोजगार
सावधानी अपनाई बनौं हामी होसियार।
पठनपाठनका लागि अनलाइन कक्षा चलिरहेको छ
के विपन्न विद्यार्थीहरुसँग यो कुरा ठीक भइरहेको छ?
थोरै भएपनि गरीबलाई सघाउने गरौं
अर्कालाई मद्दत गर्न सधै अघि सरौं।
यस माहामारीले सम्पूर्ण विश्वलाई हल्लायो
यसरी नै कोरोनाले संसारमा उपद्रो मच्चायो।
(सिद्धान्त यादव बूढानीलकण्ठ स्कुल, काठमाडौँमा कक्षा ६मा अध्ययनरत छन्)