सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता
म जशुवा
अनि,
म सानैदेखि आमा सँगै छु
मेरी आमा,
म रुँदा म सँगै रुनु हुन्छ
म हाँस्दा उहाँको संसार हाँस्छ
म बिरामी हुँदा रातभरी निदाउनु हुन्न
मलाई अँगालेर बस्नु हुन्छ।
आमाले मलाई धेरै माया गर्नु हुन्छ
सबै कुरामा सहयोग गर्नु हुन्छ
सफलतामा खुसी भैइदिनुहुन्छ
त्यसैले त म पनि उहाँलाइ धेरै माया गर्छु।
म जशुवा
अनि,
मेरो बाबा धेरै टाढा हुनुहुन्छ
मलाई थाहा छैन कहिले आउनुहुन्छ?
उहाँको देशमा धेरै कोरोना लागेको छ रे
मलाई मेरी आमाले भन्नु हुन्छ।
मलाई विश्वाश छ कि,
मेरो बाबाले कोरोनालाई जित्नु हुन्छ
अनि मलाई भेट्न आउनु हुन्छ
उहाँ मेरो सुपर हिरो हुनुहुन्छ।
म जशुवा
अनि,
म सधैं बुबा र आमा सँगै बस्नेछु
खुसी हुनेछु
धेरै प्रेम दिनेछु
सँगै खेल्नेछु
आकाशमा चरा उडे जस्तै स्वतन्त्र भएर
अनि धेरै माथि पुग्नेछु
अनि सफल हुनेछु।
(जशुवा ल्याम्पी काठमाडौं लिंकन स्कुलमा कक्षा २ मा अध्ययनरत छन्)