सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता
मेरो अनलाइन कक्षा
दिन्छ मलाई शिक्षा
अनलाइन कक्षामा धेरै कुरा सिक्छु
अनि पढ्नलाई फेरि पुस्तक पनि झिक्छु।
पढेर राख साथी पुस्तक झोलामा
नभेटिएला पछि फेरि स्कुल जाने बेलामा
अनलाइनमै पढाउने अनेक तरिका
शिक्षक पनि सरल, साथी सरीका।
अनलाइनमै सिक्छु म त गाउन अनि नाच्न
मिसले फेरि भन्नुहुन्छ कम्मर अझै भाँच्न
मेरो अनलाइन कक्षा
यसमै दिन्छु आजकाल मेरो परीक्षा।
देशैभरी फैलिए पनि कोरोनाको कहर
मलाई चाहिँ लाग्न थाल्यो स्कुल जाने रहर
बाबा मामु भन्नुहुन्छ, अझै छ है डर
कक्षा सुरु हुन लाग्यो, लग इन छिटो गर।
(आरभ गौतम निसर्ग बाटिका स्कुल, रविभवनमा कक्षा ३मा अध्ययनरत छन् )