सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
हामीले प्रत्येक महिना पाठ्यपुस्तकका साथसाथै अतिरिक्त मासिक पुस्तक पनि पढ्नुपर्छ। यसको हामीले अभिलेख पनि राख्नुपर्छ। यसबाट हामीले कुन महिनामा कुन किताब पढ्याैं, कथामा के थियो, त्यस लेखको लेखक को हुन् आदिका बारेमा जानकारी पाउन सक्छौं।
मैले यो लकडाउनमा धेरै किताब पढेँ। अप्पुकाे साइकल, जनावरहरूको सभा, सुनकाे रूख र जुनकिरीले के के खान्छ? भन्ने किताब अतिरिक्त समयमा पढ्न पाएँ।
यी सबै पुस्तकमध्ये मलाई ‘जुनकिरीले के के खान्छ?’ भन्ने किताब साह्रै मन पर्याे। यस कथामा रमाइला रमाइला चित्रहरू पनि छन्।
जुनकिरीका बारेमा नयाँ नयाँ कुराहरू यसमा छ। मैले सिकेका तिनै कुराहरू मेरा साथीहरूले पनि जानून् भनेर यो लेख लेखेको हुँ।
यो किताबकी लेखक उषा पोखरेलले हुन्। 'रूम टु रिड' भन्ने संस्थाले प्रकाशन गरेको याे किताबमा जम्मा २४ पाना छन्। राम्रा-राम्रा चित्र बनाउने काम देवेन्द्र पाण्डेले गरेका रहेछन्।
अब चाहिँ जुनकिरीका बारेमा किताबमा भएका कुराहरू भन्न चाहन्छु।
जुनकिरी एउटा यस्तो कीरा हो, जसमा अरू कीरा भन्दा धेरै भिन्न प्रकारका गुण हुने रहेछन्। जुनकिरी रातमा उज्यालो प्रकाश छर्दै उड्छ। यो कीरा त रातमा मात्रै राम्रोसँग देखिन्छ। हावामा रसायनिक प्रतिक्रिया भएपछि आफ्नाे शरीरकाे पछाडिपट्टिकाे भागबाट उनीहरूले बत्ती बाल्दा रहेछन्। यिनीहरू पनि भाले र पाेथी जातका हुँदा रहेछन्।
अचम्मकाे कुरा यिनीहरू मांसाहारी पाे हुँदा रहेछन्। यिनीहरूले चिप्ले कीरा, कहिलेकाहीँ त साना जुनकिरी नै पनि खाँदा रहेछन्।
कस्ताे अचम्म! भाले र पोथीले छुट्टै छुट्टै तरिकाले बत्ती बाल्ने रहेछन्। भालेले ५/५ सेकेण्डमा र पोथीले २/२ सेकेण्डमा बत्ती बाल्दा रहेछन्।
यिनीहरूले यसरी बत्ती बाल्नुको कारण एकआपसमा कुराकानी गर्ने माध्यम रहेछ।
यिनीहरू सबैजना रातमा झिलिक्क झिलिक्क बल्ने भएकाले मानिसहरू यिनीहरूको नाम जुनकिरी पो राखेका रहेछन्। यदि ४० वटा जुनकिरी एकै ठाउँमा राखियो भने साधारण मैनबत्तीले दिने उज्यालाे यिनीहरूले दिँदा रहेछन्।
जुनकिरीको उज्यालो हामीले रातमा राम्ररी देख्न सक्दा रहेछौं। यिनीहरू दिने उज्यालो हरियो र पहेँलो देखिने रहेछ।
जुनकिरीहरूले इच्छा अनुसार आफ्नो उज्यालो घटाउन र पढाउन पनि सक्दा रहेछन्। उनीहरू ओसिलो ठाउमा धेरै पाइँदा रहेछन्। खाेलाकाे तिरमा, कुहिन लागेका रूख आदिमा दिउँसाे लुकेर बस्दा रहेछन्।
जुनकिरीलाई हामीले आफ्नो घरमा पनि आउने वातावरण बनाउन सक्दा रहेछौं। यसका लागि हामीले बगैँचामा रासायनिक मल राख्नुभएन। अनि बगैंचामा थोरै उज्यालो भएमा उनीहरूलाई कुराकानी गर्न सजिलाे हुन्छ रे। बढी उज्यालाे भएकाे ठाउँमा यिनीहरूलाई कुराकानी गर्न कठिनाइ हुन्छ त्यसैले पनि पूर्णिमाको रातमा भन्दा औंसीको रातमा जुनकिरीहरू बढी देख्न सकिँदो रहेछ।
जुनकिरीको मन पर्ने वातावरण बनाउन हामीले बगैंचामा होचा रुख राेप्ने अनि लामा लामा पात हुने घाँस भएमा उनीहरूले दिउँसाे लुक्ने ठाउँ हुँदो रहेछ।
साथीहरू, माथिका यी सबै कुराहरू मैले 'जुनकिरीले के के खान्छ?' भन्ने पुस्तक पढेर थाहा पाएको हुँ। यदि तपाईंहरूलाई यसबारेमा अरू पनि जान्ने इच्छा छ भने यहाँ मैले पुस्तक अनलाइन पनि पाइन्छ। मलाई त नयाँ नयाँ किताब पढ्न निकै रमाइलाे लाग्छ।
यसले नयाँ कुराहरू सिक्ने माैका पनि त दिन्छ नि। हाेइन त?
(संयम राई डियरवाक सिफल स्कुलमा कक्षा ४ मा अध्ययनरत छन्)