सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
म त सानो बालक धेरै कुरा सिक्ने छु
विद्यालय गई धेरै कुरा पढ्नेछु
चकचक धेरै गर्दिनँ ज्ञानी भई बस्नेछु
नजानेका कुराहरू दादासँग साेध्नेछु
ठूलालाई आदर गर्छु सानालाई माया
मत सानो मान्छे बा आमाकै छाया
घरी पढ्छु घरी लेख्छु घरी खेल्न जान्छु
दाल, भात, तरकारी ग्वाम ग्वाम खान्छु
कहिले गाउँछु गीत मैले कहिले काेर्छु चित्र
राम्रा काम गर्दा म खुसी हुन्छु विचित्र
बा आमालाई कहिलेकाहीँ काममा सघाउँछु
कथा अनि कविता लेख्ने प्रयास गर्छु
राम्रो पढी भविष्यमा इन्जिनियर बन्नेछु
परिश्रम गरेर देशलाई सजाउनेछु ।
(संविद ढकाल डियरवाक सिफल स्कुलमा कक्षा ३मा अध्ययनरत छन्)