सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
चैत ५ गते अन्तिम परीक्षा सकेपछि काेराना भाइरसकाे कारणले बन्द भएकाे स्कुल अहिलेसम्म खुलेकाे छैन। तर पनि हाम्राे विद्यालयबाट वैशाखदेखि नै अनलाइन कक्षा सञ्चालन भएकाले कक्षामा साथीसँगै शिक्षकहरूले पढाएकाे कुरा शिक्षा लिन पाउँदा खुसी किन नलाग्नु र।
तर साथीहरुसँग बसेर पढिरहँदा बिचबिचमा गुडमर्निङ भन्न नपाई बत्ती झ्याप्पझ्याप्प जाँदा भने के पढाइ भयाे हाेला, अब के गर्ने हाेला भनेर खुलदुली निकै हुने रहेछ। अनलाइन कक्षामा कहिले पढाइ, कहिले हस्तलेखन, कहिले डान्स कम्पिटिसन, कहिले गीत अनि कहिले भर्चुअल टुर जस्ता क्रियाकलापले पढाइ मात्र नभइ अरू कार्यहरूका लागि पनि थप आनन्द आउँथ्यो।
जब दसैं अगाडि प्रथम त्रैमासिक परीक्षा सकियाे अनि सरिता म्यामले हामीलाई धनुषाधाम भर्चुअल टुर लाने भन्नु भयाे। के हाेला भर्चुअल टुर भनेर अचम्म लाग्याे? अनलाईन कक्षामै स्क्रिन सेयर गरेर मन लागेकाे ठाउँ युट्युब मार्फत देखाइने रहेछ।
म्यामले नेपाली पिरियडभरी भर्चुअल टुरमा धनुषाधाम लानु भयाे। आफू लगायत साथीले हेर्दै गयाैं। पहिला धनुषा जिल्लाकाे जनकपुर रामजानकी मन्दिर पुगियाे, मन्दिर छेउमा धनुष सागर र गंगा सागर दुइटा पाेखरी रहेछ। जानकी मन्दिर चाँहि टिकम्वढकी महारानी वृष भानुले १९११ मा बनाएकाे रहेछ।
याे मन्दिर निकै राम्राे रहेछ। यसै स्थानमा पहिले राजा महर्षि जनककाे दरबार थियाे रे। राजा जनक धेरै विद्वान थिए रे। उनकाे दरबारमा ज्ञानी मानिस आउँथे रे। मन्दिरभित्र अर्काे मन्दिर पनि रहेछ। त्यहाँ श्री जानकी विद्युतीय चलचित्र तथा सांस्कृतिक संग्रहालय पनि रहेछ। यसकाे भित्ताभर मिथिला चित्रले भरिएकाे रहेछ।
मूर्तिहरू विद्युतबाट चलिरहेकाे देखियाे, धनुषा महायज्ञ पनि रहेछ। अनि राम-सीताले बिहे गर्दा फेरा लिएकाे, सीताले लगाउने मुकुट, गरगहना, लुगाहरू पनि देखियाे। राम जानकी मन्दिरकाे छेउमा रहेको राम जानकी विवाह मण्डप हेर्न टिकट लिएर जानु पर्ने रहेछ। त्यहाँ राम र सीताकाे विवाह भएकाे रहेछ।
जनकपुर धाममा रेलवे स्टेसन पनि रहेछ, रेल कुद्ने लिग पनि देखियाे। त्यसपछि हामि धनुषाधाम गयाैं। सीतालाई विवाह गर्न रामधनु उचाल्ने क्रममा भाँचिएकाे शिव धनुकाे टुक्रा रहेछ धनुषाधाममा। त्यहाँ कुण्ड पनि रहेछ।
त्यसपछि गंगासागर र धनुष सागरमा बाेटिङ गरेकाे पनि देखियाे। त्यहाँँ गंगा आरती हुने रहेछ। माेतिचुरकाे लड्डु पनि पाइने रहेछ। मैथिली भाषाकाे गीत पनि सुनियाे। एउटा कक्षाभरि रामजानकी मन्दिर, धनुषाधाम घुमियाे। जान नपाए पनि भर्चुअल टुरमा सरिता म्यामले हामीहरुलाई रमाईलाे बनाइदिनु भयाे।
(श्रीजल नेपाल सेवा सदन स्कुलमा कक्षा ४मा अध्ययनरत छन्)