सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
हे कोराना आयौ तिमी कहाँबाट?
तिमीले यो विश्वलाई हलाई दियौं
तिमीले गर्दा नै यहाँ मान्छे मान्छेसँग डराउँछन्
हे कोरोना आयौ तिमी कहाँबाट?
तिमीले गर्दा नै यो
विश्वको अर्थतन्त्र डगमगायो
तिमीले गर्दा नै विद्यार्थीले पढ्न छाडे
र कयौंले संसार छाडे
तिम्रै कारण वायुमण्डलको प्रदुषण
कम भयो र तिम्रै कारण मानिसले
सरसफाईमा बस्न सिके
तिम्रै कारण मानिसले परिवारमा बस्न सिके
हे कोराना आयौ तिमी कहाँबाट?
( सुशांक शाक्य साईनिङ मुन बोर्डिङ स्कुल, सिन्धुलीमा कक्षा ८ मा अध्ययनरत छन् )