सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
घरमा मलाई सबैले सानो बाबु भन्नुहुन्छ
पढीलेखी ज्ञानी बनी ठूलो मान्छे बन्नुछ
हरेक दिन बिहान ९ बज्ने वितिकै
अनलाइन कलास लिनुपर्छ हतारहतार गर्दै
मेरो सानी बहिनी छ सधैं चकचक गर्छे
कहिले कापी कहिले किताब समाएर च्यात्छे
मैले गाली गरेँ भने बहिनी रुन थाल्छे
बहिनीलाई फकाएपछि खुसी हुन थाल्छे
कहिलेकाँही बत्ती जान्छ कक्षा लिन पाइँदैन
अर्कोदिन बिहान म्यामले पाठ दोहोर्याउनुहुन्छ
स्कुल अब कहिले जाने? कोरोनाको डर छ
स्कुल गएर साथीसँग पढ्नेलेख्ने रहर छ
म सधैं ज्ञानी बन्छु पढ्छु लेख्छु घरमा
रमाइएर खेल्न मन छ स्कुलमा गएर
(प्रत्युष काफ्ले डिएभी स्कुल, कक्षा २मा अध्ययनरत छन्)