सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
अहिले धेरै सानो छु ज्ञानी भई पढ्छु
राम्रो पढी भोलिपर्सि असल मान्छे बन्छु
असल मान्छे बनेर वैज्ञानिक बन्छु
वैज्ञानिक बनेर अन्तरिक्षयात्री बन्छु
रकेटमा चढेर सबै ग्रह घुम्छु
मंगल ग्रह र चन्द्रमामा नेपालको झन्डा गाड्छु
अनी सबै देशहरूले नेपाललाई चिन्छ
नेपाल देश राम्रो देश भनेर मलाई पनि चिन्छन्
म मरे पनि सबैले मलाई सम्झन्छन्
त्यसपछि गएर प्रधानमन्त्री बन्छु
हाम्रा देशका अपराधीलाई सजाय दिन्छु
अनि यहाँ कोही पनि अपराधी हुँदैन
दीनदुखी गरिबलाई सहयोग गर्छु
उनीहरूलाई पनि म धनी बनाउँछु
म आफ्नो देशलाई हराभरा बनाउँछु
धेरै रुख रोपेर अक्सिजन बढाउँछु
हाम्रो देश पनि संसारकै राम्रो देश बन्छ
पृथ्वीकै हराभरा र सफा देश हाम्रै नेपाल हुन्छ।
(आयुष गजुरेल एस ओ एस स्कुल गण्डकीमा कक्षा २ मा अध्ययनरत छन् )