सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
मलाई अनलाइन कक्षाको पहिलो दिनमा रमाइलो लागेको थियो। पछि पछि रमाइलो लाग्न छाड्यो किनभने साथीहरुसँग भेट्न पनि नपाइने, नेटको समस्याले कहिलेकाहीँ पढ्ने छुट्ने भएकोले रमाइलो लागेन। पछि बिस्तारै अरु विद्यालयहरु खुल्दै गए अनि मेरो पनि विद्यालय खुल्ने कुरा भयो।
विद्यालय खुलेको केही दिनसम्म म विद्यालय गइनँ। किनकि कोरोनाको कारण केही गरी अरु साथीहरु अथवा शिक्षक कसैलाई कोरोना भएको भए त सर्न सक्छ भन्ने डर लाग्यो। विद्यालयमा मास्क अनि सेनिटाइजार लगाएर मात्र जान पाइन्छ। अनि विद्यालयमा ज्वरो पनि नापिन्छ। तर मलाई यसरी विद्यालय जाँदा घरी घरी नरमाइलो लाग्छ किनभने साथीहरुको जन्मदिनमा चकलेट बाँड्न आउँछन् तर कोरोनाको बेलामा एक अर्कामा छोइनु त हुँदैन। यस्तै कक्षा कार्य र गृह कार्य गरेर शिक्षकहरुलाई दिँदा र लिँदा पनि कोरोनाको डरै हुन्छ नि।
कस्तो समय आयो है ढुक्क भएर विद्यालय जान अनि पढ्न लेख्न खेल्न पनि नपाइने। अनि अर्को कुरा पनि कस्तो अप्ठेरो परेको कुरा धेरै कक्षाहरु पढ्न पनि नपाइने अनि कुन दिन कुन समय अनि अर्को दिन फेरि अर्कै समयमा जानुपर्ने अभिभावकहरुलाई पनि गाह्रो पर्यो नी।
यो कुरा हुन त हामी सबैको सुरक्षाको लागि विद्यालयले गराएको होला तर हामीलाई पनि गाह्रो त भयो नि। यो कोरोना छिटो भागेर गए त कति राम्रोसँग पढ्न पाइने थियो होला है। कति दु:ख दिन आएको होला यो कोरोना पनि। हामी जस्ता बालबालिकालाई त पढ्न पनि कति धेरै धेरै गाह्रो भयो।
(रुबस पराजुली जि एस निकेतन मा वि, मकवानपुरमा कक्षा २मा अध्ययनरत छिन )