सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पानी हाम्राे जीवन हाे पानी हाम्राे धन
पानी बिना बाच्दैनाैं है सफा राखाैं जन
अन्नबाली लगाउन चाहिन्छ नि है पानी
एक एक घन्टा सम्झी पिउनुपर्छ पानी
पकाउँदा र नाना धुँदा पानी नभई हुन्न
नुहाउँदा र सागबारीमा पानी नभई हुन्न
घर आँगन सफा गर्दा पानी नै चाहिन्छ
पानी बिना हराभरा झन् कहाँ पाइन्छ
स्वच्छ सफा पानी पिउँदा हामी स्वस्थ हुन्छाैं
फाेहाेर पानी पियाैं भने जीवनभरि रुन्छाैं
पानीलाई कहिल्यै पनि खेर नफालाैं है
पानीको त्यो असल गुण कहिल्यै नबिर्साैं है
खाेलानाला वरिपरि फाेहाेर ढल नफालौं
सबै मिली खोलानाला कुवा सफा गरौं
( संविद ढकाल डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् )