सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
आहा कति राम्रो फूल
रङ्गीचङ्गी फूल
भमरा र पुतलीहरु रमाउँदै रमाउँदै
फूल चुसिरहेछन्।
आहा कति राम्रो फूल
गमलामा रोपे नि राम्रो
माटोमा रोपे नि राम्रो
जहाँ रोपे नि फुल्ने।
आहा कति राम्रो फूल
देवता पूजा गर्न पनि चाहिने
जन्मदिनमा पनि चाहिने
मर्दा पनि लाइदिने।
आहा कति राम्रो फूल
वासना सधैं आउने
पहरामा पनि फुल्ने
त्यसैले सबैलाइ मन पर्ने ।
(शुभ श्रेष्ठ फ्युचर स्टार स्कूलमा कक्षा ४ मा अध्ययनरत छन्)