सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
किन लड्छौ एउटा कुर्सीका लागि
किन गर्छौ आन्दोलन
जनताका लागि भन्दै
किन झुक्याउँछौ हामीलाई?
भष्ट्राचार बढाएर
देशलाई झनै पछि पारी
हेर सारा कर्तुतले
दु:ख दिन्छौ जनतालाई
भन्ने कुरा गर्ने काम
तालमेल कति छैन
समृद्धि त तिम्रो मात्र
जनता सधैँ भाँडमा जाऊन्।
देशको पूरा ढुकुटी नै
होइन तिम्रो पकेटमनी
भोकभोकै मर्छन् जनता
मस्ती गर्छौ विदेश घुमी
गरिबीले देश कङ्गाल
वास्ता तिमी गर्ने होइन
यस्तै भयो भने जनता
बाध्य हुन्छन् तिमीलाई फाल्न।
आफूलाई टिकाइ राख्न
अब राम्रो काम गर
अनि मात्र आऊ तिमी
भोट माग्न हाम्रो घर।
(प्रत्युष पाण्डे बुढानिलकण्ठ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन्।)