सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
पोहोर पनि स्कुल गइन कोरोनाले गर्दा
यसपालि नि के हुने हो महामारी पर्दा
स्कुल जाने रहर मेरो भयो सपना
स्कुल जान पाऊँ भन्दै गरेँ जपना
अहिले फेरि कोरोनाको दोस्रो लहर आयो
एकाएक सबैतिर महामारी छायो
कस्तो रोग आएको हो बुझ्नै सकिएन
खोप पनि बन्यो भन्छन् रोक्दै रोकिएन
हामीजस्ता बच्चालाई खोप कैले आउँला
डर भगाई कैलेबाट स्कुल जान पाउँला?
कोरोनाले सतायो धेरै हामीलाई
तै पनि नडराई लड्नु पर्छ है
स्वस्थ खानेकुरा खाऊँ, मास्क पनि लगाऊँ
सबै मिली संसारबाट कोरोनालाई भगाऊँ
सबैतिर सफा राखौँ, फोहोर गर्न हुन्न
डाक्टरको सल्लाहलाई नछाडौँ है सुन्न।
(सोनुश्री पौडेल सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा १ मा अध्ययनरत छिन्।)