सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
साथीसँगै पढ्छु साथी सँगै खेल्छु
गाह्रो पर्दा साथीलाई मैले साथ दिन्छु
विद्यालय जाँदा हामी सँगै-सँगै जान्छौं
बाँडीचुडी गरेर हामी सँगै खान्छौं
कहिले हामी सँगै नाच्छौँ, कहिले गीत गाउँछौं
साथी-साथी मिलिजुली रमाइलो गर्छौं
बिदा हुँदा चौरमा साइकल पनि खेल्छौं
कहिलेकाँही सँगै बसी फिल्म पनि हेर्छौं
स्कुलमा लुकीलुकी मिठाइ पनि खान्छौं
बिदा भएपछि हामी सँगै घर जान्छौं
घरमा आई खाजा खाई गृहकार्य गर्छौं
फुर्सद हुँदा बोतलमा पानी पनि भर्छौं
नयाँ ठाउँ घुम्न जान साह्रै मन लाग्छ
पढ्नभन्दा साथीसँग खेल्न मन लाग्छ
(संविद ढकाल डियरवाक स्कुलमा कक्षा ३ मा अध्ययनरत छन् )