सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
आमा को हुन्?
म जवाफ दिन्छु
आमा जगत जननी हुन्
आमा ममताकी खानी हुन्
आमा आफैँमा निर्मल माया हुन्
आमा घाम हुँदा चाहिने छाया हुन्
आमा शिक्षाको पहिलो हरफ हुन्
आमा दुःख पनि सहजै स्वीकार गर्ने मर्म हुन्
आमा चेतनाको पहिलो ज्योति हुन्
आमा गल्तीलाई पनि सजिलै माफ गर्ने मोती हुन्
आमा त्यागको परिमूर्ती हुन्
आमा सफलताको अर्ति हुन्
आमा प्रेरणाकी स्रोत हुन्
आमा पानी पर्दा लाग्ने ओत हुन्
(बझाङका माइकल बिष्ट हाल काठमाडौंमा रहेर कक्षा १० मा अध्ययनरत छात्र हुन्।)