सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कथा:
एकादेशमा एउटा सानो गाउँ थियो। त्यो गाउँमा रजिन नाम गरेका ठूलो व्यापारी थिए। उनको एउटा ठूलो घर थियो। उनी धनी पनि थिए। उनको श्रीमतीको नाम लिला थियो। उनका दुई छोरा थिए, करण र अर्जुन। रजिन गाँउका धेरै इज्जतदार मानिस थिए। उनको सुनको व्यापार थियो।
धेरै धन भएता पनि रजिन कहिले धाक देखाउँदैन थिए। उनी सबैको काममा मद्दत गर्थे। उनी साना-ठूला नहेरी सबैको इज्जत गर्थे।
एक दिन गाँउको एउटा घरमा आगलागी भएछ। गाउँलेहरू मिलेर आगो निभाए। तर घरभित्र भएका मानिसहरू धेरै घाइते भइसकेका थिए। त्यसैले गाउँलेहरू मिलेर घाइते भएकालाई अस्पताल पुर्याए। अस्पताल त पुगे। तर मलमपट्टी गर्न उनीहरूसँग पैसा थिएन।
त्यतिकैमा खर्चको निम्ति रजिन अगाडि सरे। रजिनले घाइतेहरूको उपचार गर्न पैसा दिए।
गाउँलेहरू सबैले रजिनलाई चिन्थे। पैसाको मामिलामा मात्र नभइ रजिन अरू स-साना काममा समेत हरेकको मद्दत गर्थे।
रजिन बस्ने गाउँ निकै सुन्दर थियो। त्यहाँको वातावरण निकै रमाइलो थियो। गाँउको बीच बजारतिर रजिनको सुनको पसल थियो। छेउमै बगैंचा थियो। जहाँ धेरै जसो गाउँलेहरू घुम्दै पुग्थे।
रजिन हरेक बिहान ५ बजे उठ्ने गर्थे। एक रात उनले ५ बजेकै अलार्म राखेर सुते। तर भोलिपल्ट बिहान साढेँ चार बजेतिरै बिउझिए।
एकैछिन उठेर मात्र के बसेका थिए, उसको पसलमा चोरी भएको खबर आयो। यो सुनेर रजिन छक्क परे। ऊ निकै दुखित भए। हत्तपत्त लुगा लगाएर आफ्नो पसलतर्फ लागे।
रजिन पसल पुग्दासम्म पसलको वारिपारि मानिसहरूको ठूलो भीड लागिसकेको थियो। उनले पसलको सबै अवस्था नियालेर घर फर्के।
घर पुगेर उनी 'अब के गर्ने होला' भन्दै सोच्न थाले। गाउँलेहरू पनि रजिनको लागि चिन्तित थिए। उसको दुःख देखेर गाँउलेहरू मिलेर उसको लागि केहि गरिदिने साेचे।
गाउँलेहरू मिलेर छलफल गरे। छलफलपछि उनीहरू चोरलाई समात्न तम्सिए। भोलिपल्ट बिहानैदेखि उनीहरू चोरलाई खोज्न निस्किए। हरेक समूहमा एउटा बलियो मान्छे राखेर उनिहरू दुई-दुई जनाको समूह बनाएर चोरलाई खोज्न निस्किए।
एउटा समूहले केहि समयपछि एउटा ढुङ्गा पछाडिबाट आवाज सुने। त्यहाँ दुईजना चोर सुन भाग लगाउदै थिए। गाउँलेहरू जसले चोरहरूलाई देखेका थिए, उनीहरूले अरू गाउँलेसम्म खबर पुर्याए। अनि सबै मिलेर चोरहरूमाथि जाइ लागे।
चोरहरूलाई पक्रेर गाउँलेहरू मिलेर एउटा रूखमा बाँधे। केहि समयपछि उनीहरूलाई पुलिस थाना लगियो। चोरहरूबाट चोरी भएको सबै सुन पनि फर्काइयो। र गाउँलेहरू मिलेर रजिनलाई फिर्ता दिन पुगे।
रजिनको घर पुग्दा उनी बार्दलीमा उदास भएर बसेका थिए। गाउँलेहरू पुगेर उनलाई चोर पक्रिएको र सुन फिर्ता ल्याएको कुरा सुनाए। रजिनले आफ्नो सबै सुन फिर्ता पाए। उनी खुशी हुँदै सबैलाई धन्यवाद दिए।
यो कथाबाट हामीले के बुझ्न सक्छौं भने हामीले सधै अरूको भलो हुने काम गर्नु पर्छ। अरूको भलो गरे आफ्नो पनि भलो हुन्छ। अरूको मद्दत गर्नु हाम्रो कर्तव्य पनि हो।
(आरनभ क्षेत्री रिलायन्स पब्लिक स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)