सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
मेरो घरमा मात्रै हो कि तिम्रोमा नि साथी
मोबाइलमा झुम्छन् सबै लाग्छ मलाई नजाति
वाइफाइ जोड्यौ घरमा अनलाइन पढ्न भनि
घरका मान्छे पर-पर यो मन रोको छ नि
बाहिर जान हुन्न भनि घरमै थुनेका
भोक लाग्दा कराउँदा खै त सुनेका?
सबैजना मोबाइलमा घोप्टिएर बस्ने
एक्लै हुँदा म त घरमा रूदा आँसु खस्ने
जतिबेला पनि मलाई पढ् मात्रै भन्ने
कोहि छैनन् आज मेरो खेल्ने साथी बन्ने
स्कुल पनि बन्द भयो घरमा यस्तो चाला
आजभोलि लाग्ने गर्छ यो दिन कहिले जाला।
(अग्रणी बिष्ट गोरखकाली इङलिस बोर्डिङ स्कुल, माछापोखरी काठमाडौंमा कक्षा २ मा अध्ययनरत छिन्।)