सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
आमा तिमी त्रिलोक श्रेष्ठ त्रिदेवभन्दा ठूलो
तिमी बिना हुन्छ जीवन एउटा सानो कुलो
तिमी नभए छैन धनराशीको कुनै महत्व
तिमी नभए छैन मनुष्यको कुनै अस्तित्व
आमा तिम्रो दुध हो पीयुष सरह
रातदिन खटेर गर्यौ मेरो हेरचाह
म एक रङ्गीन पुष्प भए तिमी त्यसको रङ्ग
सन्तानको समस्त समस्याको हल छ तिमीसँग
दिनरात कठीन परिश्रम गर्यौ मेरो उज्वल भविष्य हेतु
तिमी हौ मेरो जन्म र गन्तव्य जोड्ने सेतु
आमा तिमी ममता र वात्सल्यको सागर
तिम्रो जति स्नेह गर्न सक्दैन अरूले उजागर
आमा तिम्रो काखभन्दा प्रिय छैन केही
दुःख पीडा सबै भुल्छौं तिम्रो सानिध्य पाई
आमा तिम्रो महिमाको कसरी गरुँ वर्णन
बारम्बार शिश झुकाई गर्छु तिमीलाई नमन।
(प्रतीक भण्डारी बुढानीलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)