सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविताः
आमा तिमी गर्छौ घरको सम्भार
भुल्न सक्दिनँ भए पनि समुद्र पार
म हेर्न पाऊँ तिम्रो सधैँ मुहार
माया लाग्छ आमाकै सदाबहार।
मसँग जति जे छ तिमी लिउ
स्वमातृवात्सल्य सदैव देऊ
छाप्रो नै भनुन् तर दरबार मेरो
आमाकै काख सिंहासन हो मेरो।
सधैँ खुला आमाको हृदयको द्वार
भन्ने छु ‘आमा’ हजार बार
यो धरतीकी मेरी तिमी जून हौ
आमा तिमी पूज्य ढुकढुकी हौ।
म जहाँ जाऊँ जब काख पाई
म ढुक्कै रहेर जित्छु मृत्युलाई।
(जेनी पोखरेल बुढानीलकण्ठ स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)