सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविताः
उत्तरतिर मणिचुढ
दक्षिणमा चांगुनारायण
पूर्वतिर नगरकोट
दक्षिणतिर काठमाडौं
यही बीचमा छ मेरो गाउँ
पहिले-पहिले भन्थे यसलाई लावण्य देश
पछि भन्न थालियो शंखरापुर
अहिले भन्छन् छोटकरीमा साँखु।
कलकल बहने शालीनदी, मनमता
बज्रयोगीनी, सलम्बु हरियाली जतातता
सालीनदी, माधवनारायणको मेला लाग्छ वर्षेपिच्छे
हजारौं भक्तजन आउँछन् यहाँ
सानो सानो शहर
छ यहाँ अनेकौंँ सम्पदा
जाउँ है एकपटक हेर्न
सालीनदी र साँखुको नक्सा
सलम्बुदेवी, इन्द्रायणी हुँदै सुन्दरीजल
आउँ-जाउँ हुन्छ सजिलै रत्नपार्कबाट सरर।
(शुभ श्रेष्ठ फ्युचर स्टार स्कूल, जावलाखेलमा कक्षा ४ मा अध्ययनरत छन्।)