सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविताः
जातिय भेदभाव नगरौं हामी
मिलेर बस्ने बनाऔं बानी
बाहुन वा दलित, क्षेत्री वा नेवार
गरौं सबलाई समान व्यवहार
फुटेर होइन जुटेर लागौं
भेदभाव होइन, मिलेर जागौं
किराँत वा राई, कामी वा दनुवार
गरौं सबलाई समान व्यवहार
मानव सबै एउटै हो जात
सहयोगका लागि बढाऔं हात
थारू वा मगर, धामी वा सुनुवार
गरौं सबलाई समान व्यवहार
मानिस सबै बराबर मानौं
भेदभावको जरा उखेली छाडौं
चेपाङ वा दमाई, राउटे वा लोहार
गरौं सबलाई समान व्यवहार।
(अनुष्ण गौतम निसर्ग बाटिका स्कुलमा कक्षा ८ मा अध्ययनरत छन्।)