सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कथाः
एउटा गाउँमा एक जना गरिब हजाम थियो। उसले जति मिहिनेत गरेर काम गरे पनि धेरै कमाउन सकेको थिएन।
एकदिन त्यही ठाउँमा एउटा लोभी हजाम आयो। दुवैले एउटै ठाउँमा कपाल काटिदिन थाले। दिनभरी काम गरेर थकेका हजाम चाँडै निदाए।
त्यो रात गरिब हजामले एउटा अनौंठो सपना देख्यो। उसले सपनामा एकजना धनी मान्छेको कपाल काटिरहेको थियो। त्यो धनी मान्छेले उसलाई सपनामा भन्यो कि उसले त्यो धनी मान्छेको फालिएको कपाल जतन गरेर राख्यो भने त्यो सुन बन्छ। उसले त्यो कपाललाई खल्तीमा राख्न के खोजेको थियो उ बिउँझियो।
सपनामा देखेको कुरा सम्झिँदै उ हाँसीखुसी काम गर्न गयो। संयोगबस उसको पहिलो ग्राहक त्यो गाउँको धनी मान्छे नै पर्यो। उसको त्यो मान्छेको कपाल राम्ररी काटिदियो र काटेको कपालका रौँ आफ्नो खल्तीमा राख्यो।
दिनभरीमा उसले अरू धेरै मानिसको पनि कपाल कट्यो। आज गरिब हजाम निकै खुसी भएकाे देखेर लोभी हजाम रिसले चुर थियो।
बेलुकी दुबै आआफ्नो घर गए।
घर जाँदै गर्दा गोजीमा राखेका रौँ सुन बन्यो कि बनेन भनेर हेर्ने बिचार गर्यो। झट्ट हेरेको त रौँ सुन बनिसकेको रहेछ। उ धेरै खुशी भएर दौडिँदै घर गयो।
उसले आफ्नो घरका सबै जनालाई यो कुरा सुनायो र त्यो सुनलाई जतन गरेर बाकसमा राख्यो। सबैजना सुन देखेर खुशी थिए।
यो कुरा लोभी हजामले लुकेर हेरिरहेको थियो। लोभी हजामले मनमनै सोच्यो यदि यो हजामले काटेको कपालको रौँ सुन बन्छ भने मैले काटेको पनि बन्छ।
आफू रातारात धनी भएको कल्पना गर्दै उसले भोलिको पर्खाइ बस्यो।
भोलिपल्ट पनि दुवै हजाम कपाल काट्न आइपुगे। उसले गरीब हजामले गरेजस्तै ग्राहकको कपाल काट्दै फ्याकिएका सबै रौं गोजीमा भर्दै गयो। उसले लोभ गर्दै गरिब हजामले काटेको ग्राहकको कपाल पनि बटुलेर आफ्नो गोजी भर्यो।
खल्तीभरी रौँ बोकेर लोभी हजाम दंग पर्दै घर गयो।
कोठा पुगेर सबै गोजीलाई रित्यायो। सुन झर्नुको साटो उसको गोजीबाट दिनभर सोरेका रौं मात्रै झरे। यो देखेर लोभी हजाम निकै रिसायो।
उ आधा रातमै गरिब हजामको घर पुग्यो र सोध्यो, 'मैले बटुलेको रौं किन सुन बनेनन?'
गरिब हजामले मुस्कुराउँदै भन्यो, ‘साथी, मैले मिहिनेत गरेर काम गरेको देखेर धनी मान्छेले थाहा नपाउने गरि मेरो गोजीको कपालको रौँ निकालेर सुन भरिदिएका रहेछन्। तिमी पनि इमान्दार भएर लोभ नगरी काम गर तिम्रो पनि भलो हुन्छ।’
सन्देशः हामीले लोभ गर्नु हुँदैन। इमान्दार र मेहनत गरेर काम गर्नुपर्छ।
(आयुष्मा पौड्याल एल. आर. आइ. स्कुलमा कक्षा ३ मा अध्ययनतर छिन्।)