सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
अप्रिल १, २०१८ को दिन बिहानै म बिदाका लागि आमाबुवासँग क्वालालम्पुर, मलेसिया भ्रमण गर्ने क्रममा थिए। म भर्खर आठ वर्षको थिएँ। सबै कार्यक्रम र हाम्रो सम्पूर्ण यात्रा बुवाद्वारा व्यवस्थित गरिएको थियो।
उडान सामान्यतया ढिलो हुन पुग्यो र ४ घण्टा १० मिनेटपछि खराब मौसमको बाबजुद जहाज क्वालालाम्पुर अन्तर्राष्ट्रिय ऐरपोर्टमा उत्रियो। मेरो लागि विदेश भ्रमण गर्नु पूर्ण रूपमा नयाँ अनुभव बटुल्नु जस्तो थियो। म उत्साहित हुनुसँगै आकाशमा उड्नको लागि डराएको थिए।
परिवारको आशा, प्रेरणा र साहसबाट मैले उडान र अवतरणको डरलाई जित्न सफल भए। मेरो बुवाले नैतिक रूपमा हाम्रो सम्पूर्ण यात्रामा मार्गदर्शन गर्नुभयो। यो मेरो लागि एक ठूलो अवसर थियो। त्यहाँको स्थानीय संस्कृति, खानाको प्रकार, भाषा, चलन, धर्म र मेलमिलाप र मर्यादामा बस्ने। मानिस र रातको जीवन देख्दा मलाई यिनीहरू कति बेला सुत्छन् जस्तो लाग्थ्यो।
सरकारको नियम-कानुन, प्रणाली र रातको जीवनले मलाई आकर्षित गरिरहेको थियो। मैले त्यहाँको राष्ट्रिय चिडिघर (निगारा) भ्रमण गर्ने अवसर पाए। मैले सेतो बाघ, जिराफ र अन्य जंगली जनावरहरू देखेँ। म चुनढुङ्गा पहाडको गुफाहरू हेर्न गएका थिए, जुन मलेसियाको गुम्बाक, सेलेङगोरमा रहेको गुफाको मन्दिरको शृंखला थियो। यो विश्वमा दुर्लभ मानिने टरयापडोर स्पाइडर (लिपिस्टियस बटुएिनसस) को घर अन्धकार गुफा संरक्षण साइट थियो। मेरी आमा र म पुरै रमाइलो गर्दै थियौं।
क्वालालाम्पुरको मौसम मध्यम थियो। मैले अरू थुप्रै स्थानहरू घुम्ने र त्यसबाट सिक्ने अवसर पाए। चिनियाँ मानिसहरूले पहाडमा बनाएको सहर गेनटिङ हाइल्यान्ड, समुन्द्री तट, ठूला-ठूला महल, होटेलहरू र रात्री जीवन हेर्दा १६ दिन बितेको थाहै भएन। यी रमाइला दिनहरू थिए जुन म जिवनभर भुल्न सक्दिन।
(बिसप चालिसे डियरवाक स्कुल, सिफलमा कक्षा ५ मा अध्ययनरत छन्।)