सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कथा:
एकादेशमा एउटा सुगा थियो। एक व्यापारीले त्यो सुगालाई देख्यो र त्यहाँ जाली राख्यो। जाली माथि खाने कुरा पनि राखिदियो।
जब सुगाले जाली माथिको खानेकुरा खान थाल्यो, तब जालीले सुगालाई तान्यो। त्यसपछि त्यस व्यापारीले जालीमा अड्किएको सुगालाई छोपेर बेच्न गयो। एउटा मानिसले त्यो सुगालाई किन्न खोज्यो। बेच्ने मानिसले 'भैया तिमिले साँच्चिकै किन्ने हो त सुगा?' भनेर सोध्यो।
अनि किन्ने मानिसले भन्यो, 'हो त। मलाई यो सुगा साह्रै मन पर्यो। म किन्छु। बरू कति रूपैयाँ हो यस सुगाको?'
व्यापारीले भन्यो, 'यसको मोल धेरै छ।'
किन्ने मानिसले भन्यो, 'धेरै छ भने त खोइ किन्न सक्छु कि नाइँ।'
व्यारीले भन्यो, 'यो सुगाले तिम्रो घरको रक्षा गर्छ। त्यसैले यसको मोल बढी छ।'
त्यो कुरा सुनेपछि किन्ने मानिसले महङ्गो नै पैसा हालेर सुगा किन्यो र घरमा पिंजडामा राख्यो। अनि मानिसले त्यस सुगालाई भन्यो, 'तिमि मेरो घरको रक्षा राम्रोसँग गर ल?'
सुगाले 'हस मालिक' भन्यो।
जब रात पर्यो एउटा चोर त्यो घरमा आयो अनि सुगा कराउन थाल्यो। सुगाको आवाजले गर्दा मालिकलाई चोर आएको थाहा भयो। चोरले विभिन्न सामान चोर्दै थियो। मालिक आएपछि त्यो चोर भाग्यो। निकै टाढा भागेकाले समात्न सकिएन।
मालिकले सुगालाई भन्यो, 'तिमी यहि बस। म चोरलाई जसरी नि पकडेर आउँछु।'
सुगाले भन्यो, 'मेरो पखेटा छ। म उडेर छिट्टै पकडेर ल्याउँछु नि। तपाईलाई गाह्रो हुन्छ।'
मालिकलाई त्यो कुराले मन छोयो र सुगालाई पिंजडाबाट छोडिदियो। अनि सुगा खुशी हुँदै चाँडो-चाँडो उडेर आफ्नो बाटो लाग्यो र पिंजडाबाट उम्कियो।
( रुबस पराजुली
कक्षा २
जी एस निकेतन मा वि, हेटौडा