सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
साना-ठूला सबै हामी
खान्छौ मीठो मानी
संस्कृतमा जल भन्छन्
नेपालीमा पानी।
दुई अक्षरको नाम सानो
ठूलो यसको काम
सजीव जति सबै मर्छन्
नपाउँदा खान
प्रकृतिको सुन्दर बरदान
सबैलाई चाहिने
धारा, कुवा, नदीनाला
सबैतिर पाइने
पशुपंक्षी जनावर
बोटबिरूवा पनि
सबैलाई महत्व छ
पिउँनलाई पानी।
(प्रस्तुतचन्द्र बराल ‘कञ्चनजंगा’ डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छन्।)