सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
हे कोराना! आयो तिमी कहाँबाट?
तिमीले यो विश्वलाई हल्लाई दियो
तिमीले गर्दा नै यहाँ मान्छे मान्छेसँग डराउँछन्
हे कोरोना! आयौ तिमी कहाँबाट?
तिमीले गर्दा नै यो
विश्वको अर्थतन्त्र डगमगियो
तिमीले गर्दा नै विद्यार्थीले पढ्न छाडे
र कयौंले संसार छाडे।
तिम्रै कारण वायुमण्डलको प्रदुष्ण
कम भयो र तिम्रै कारण मानिसले
सर-सफाईमा बस्न सिकेँ
तिम्रै कारण मानिसले परिवारमा बस्न सिकेँ।
हे कोराना! आयो तिमी कहाँबाट?
तिमी ले गर्दा नै यो
विश्वको अर्थ तन्त्र डगमगियो।
(सुशांक शाक्य साईनिङ मुन बोर्डिङ स्कुल, सिन्धुलीमा कक्षा ८ मा अध्ययारत छन्।)