सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
सुनौ है सबै ध्यान दिएर कामकाज अहिले सबै भुलेर
भन्दै छु आज म कविता 'बाल अधिकार' शिर्षक लिएर
हामी साना कोपिला हौँ फुल्न-फल्न पाउनु पर्छ
पढ्ने, लेख्ने हाम्रो अधिकार देशभर छाउनु पर्छ
समान बिहानी ल्याउनु पर्छ
सबै भेदभाव बहिस्कार गरि बाल अधिकार पाउनु पर्छ
कहिले पाउछन् उच्च शिक्षा हामी जस्तै गरि
कोहिको दिन जान्छ आँसुसँग घाँस दाउरा गरि
सहरझैँ गाउँ-गाउँमा स्कुल खुल्नु पर्छ
कोपिला फुल फक्रिए सरि बालबालिका फुल्नु पर्छ
समान बिहानी ल्याउनु पर्छ
सबै भेदभाव बहिस्कार गरि बाल अधिकार पाउनु पर्छ
सीता, भृकुटी, देवकोटा सबै थिए बालक
आजका स-साना बालबालिका भोलिका चालक
बालबालिकाले पाउनु पर्छ समान हक र अधिकार
बालबालिका बीना रहदैन खुसी यो संसार
समान बिहानी ल्याउनु पर्छ
सबै भेदभाव बहिस्कार गरि बाल अधिकार पाउनु पर्छ
अधिकार भन्ने कुरा पाइदैन है मागेर
आजै हिँडौ मुक्तिका लागि हातमा हात थापेर
आउ सबै मिलि गरौं एउटा सानो पहल
दिएर अधिकार बालबालिकालाई बनाऔं अब नयाँ नेपाल।
(विजय लामिछाने तरूण मा.वि मा कक्षा ८ मा अध्ययनरत छन्।)