सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
पृथ्वीनारायण शाह नेपाल राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। उनको सम्झना पुषको २९ गते गरिन्छ। यो दिनलाई राष्ट्रिय एकता दिवसको रूपमा पनि मनाइन्छ।
शाहको जन्म वि. सं १७७९ पुस २७ गते गोरखामा भएको हो। उनी राजा नरभुपाल शाह र रानी कौसल्यावतीका छोरा हुन्। बाल्यकाल देखि नै उनी एकदम कौशल थिए। उनी बुद्धिमानी, शुरविर, मिहेनती र ज्ञानी थिए। धनुषवाण, तरबारबाजी तथा घोडसवारीमा उत्कृष्ट थिए।
त्यति बेला बहुविवाहको चलन भएकाले पृथ्वी नारायण शाहले दुई पटक विवाह गरे। उनको पहिलो विवाह मकवापुरकी राजकुमारी इन्द्र कुमारीसँग भयो भने दोस्रो विवाह नरेन्द्र लक्ष्मीसँग भयो। प्रतापसिंह शाह र बहादुर शाह उनका सन्तान हुन्।
वि. सं १७९९ मा उनका पिता नरभुपाल शाहको मृत्यूपछि उनी राजा बने। त्यति बेला उनी २० वर्षका थिए। त्यस समयमा नेपाल स-सना राज्य (बाइसे, चौबिसे राज्य आदि) मा बाँडिएको थियो र ब्रिटिसहरूको हातमा पर्ने खतरा धेरै थियो। यो खतरा पृथ्वी नारायण शाहले देखेर नेपालका सबै राज्यलाई एक बनाउन लागे।
यो एकिकरण अभियान वि. सं १७४३ मा सुरू भएको हो जब पृथ्वीनारायण शाहले काठमाडौं, ललितपुर र भक्तपुर माथी विजय प्राप्त गरे। यो अभियान वि. सं १७६९ मा सकिएको हो। स-साना राज्यहरू जस्तै बाइसे र चौबिसे र उपत्यकाका मल्ल राज्य, पूर्वका किराँत र लिम्बु राज्य आदिलाई एक गरेर एउटा ठूलो देश बनेको थियो। यो नै आधुनिक नेपालको सुरूवात हो र यसको सदरमुकाम काठमाडौं भयो।
यो एकिकरण अभियानले गर्दा नेपालको सिमाना पूर्वमा टिष्टा, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म बढेर बिस्तार भयो। जब पृथ्वी नारायण शाह वि. सं १८३९ को मंसिरको जाडोबाट बच्न नुवाकोट दरबार गए, त्यतिबेला उनी बिरामी परे। स्वास्थ्य खराब हुँदा-हुँदै गहिरहेको बेला शाहकै इच्छामा उनलाई नुवाकोटमा पर्ने देवीघाट लगियो। त्यहाँ नौ दिनसम्म रहेँपछि माघ एक गते बिहानको सात बजे उनको निधन भयो।
पृथ्वीनारायण शाहको जीवनबाट समुहमा काम गर्ने, आफ्नै शक्तिको प्रयोग गर्ने, सीमित स्रोतहरूको उपयोग, असफलताको डर नगर्ने जस्ता कुरा सिक्न सकिन्छ।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुलमा अध्ययनरत छिन्।)