सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
फुलैफुलले सझाइदेउ सारा विश्व संसारलाई
बुद्धजस्तो कोमल पार पत्थरजस्तो मन हुनेलाई
सिद्धार्थले गरेजस्तै हिँड सबका पीडा हटाई
त्याग तिमी विलासिता हेर ज्ञानको ज्योति जलाई
आफूसँग जे छ त्यसमै खुसी हुन सिक सधैं
लगनशील र मिहिनेती भई काम गर अझै-अझै
मानिसको चोला हो यो दुविधाले रूवाउँछ
वर्तमानमा बाँच्न सिक जीवन स्वर्गसरी बन्छ
दिनदुःखीको सेवा गर सदा तिमी निस्वार्थ भई
यो संसार नै अर्कै हुन्छ उज्यालोले सुन्दर भई
सकारात्मक सोच्न सके आफै मिल्छ खुसी कति
आफ्नो स्वभाव बदलेर हेरे मिल्छ खुसी जति
यस्तै ज्ञानका कुराहरू सिकाउँथे सिद्धार्थले
ईर्ष्या प्रेममा बदलिन्थ्यो उनका यस्तै प्रेरणाले
दया माया मनमा राखी अघि बढौं सधैं-सधैं
धर्ती नै स्वर्ग पार्नुपर्छ हामी उनका अनुयायी भई।
(अग्रिमा प्रधान डल्लु आवासस्थित स्वर्णिम स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।)