सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविताः
इशापूर्व ५६३, वैशाख पूर्णमामा
जन्म भयो सिद्दार्थ गौतमको नेपालको लुम्बिनीमा
पिता राजा शुद्दोधन, माता मायादेवी
शाक्यवंशी दरबारमा हर्ष भयो अति
विलक्षण प्रतिभाका बालक थिए उनी
संसारभरी फैलिएका शान्तिका दुत बनी
मानव दुःखको कारण खोज्न हिडे दरबार छाडी
ज्ञान प्राप्त गरेपछि हिडे सन्देश बाढी
सत्वचन र सत्यमार्ग बुद्दको हो शिक्षा
सत्य अनि अहिंशाको लिनुपर्छ दिक्षा
एसियाको ज्योती उनी शान्ति उपदेश
बुद्धलाई जन्म दिने महान मेरो देश, महान मेरो देश
(आरध्य सुवेदी मिल्स्बेरी स्कुल, कक्षा ६ मा अध्ययनरत छन्।)