सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
वातावरण भन्नाले हाम्रो वरिपरिको प्राकृतिक परिवेश जस्तै: हावा, पानी, भूमि, बोटविरूवा, जीवजन्तु, हरियाली वन, नदी-नाला, हिमाल, पहाड, मैदान लगायत सम्पूर्ण सेरोफेरो पर्छ।
हामीले हाम्रो वातावरणलाई सफा र स्वस्थ बनाउनु पर्छ। पृथ्वीलाई सफा बनाउनु हामी मानिसको कर्तव्य पनि होI मानिस जस्तै पृथ्वीका हरेक जीवित पशु-पन्छीलाई स्वच्छ वातावरणको आवश्यकता छ।
पृथ्वीमा निकै प्रदुषित ठाउँहरू पनि छन्I जसका कारण आज-भोलि पृथ्वीको तापक्रम बढिरहेको छI फोहर, धुँलो, धुँवा जताततै छI मानिसले नदी-नालामा फोहर फाल्ने, रूख काट्ने, पुराना इन्धनका गाडी बढी संचालन गर्ने गर्दा यहाँको पृथ्वीको वातावरणलाई प्रदुषित बनाइरहेका छन्। ठूलो मात्रामा उद्योग र कारखानाले हावा, पानी र जमिन प्रदुषित गरिरहेको छ।
बढी तापक्रमका कारण हाम्रो हिमालको हिउँ पनि पग्लिरहेको छ। मानिसका गतिविधिका कारण प्रदुषित वातावरणको असर मानिसहरूलाई मात्र होइन अन्य जीवजन्तुलाई समेत उत्तिकै पुगेको छ।
जंगल, जमिन, पानी आदि पनि वातावरण नै हुन्I हामीले पानीको महत्व बुझ्नुपर्छI मान्छेहरू खाना नखाई बाच्न सक्छन् तर पानी नपिएर बाच्न सक्दैनन्I पानी मानिसलाई मात्र होइन पशु-पन्छी र बोटविरूवालाई पनि अत्यावशेक हुन्छ। वनको हरियाली र स्वच्छताको लागि समेत पानी महत्वपूर्ण छ। त्यसैले हामीले पानीको श्रोतहरूलाई सफा राख्नुपर्छ।
हामी मानिस पृथ्वीमा बस्ने अन्य प्राणीभन्दा सबैभन्दा बुद्धिमानी छौंI त्यसैले वातावरण सफा राख्ने हाम्रो कर्तव्य होI हामीले प्रदुषित वातावरणलाई फेरि स्वच्छ र हराभरा बनाउन सक्छौंI धेरै विरूवा रोप्ने, पानी बचाउने, नजिकै जाँदा हिँडेर जाने, कलकारखाना मानिस र बस्तीभन्दा टाढा बनाउने अथवा सार्ने गर्यो भने प्रदुषण कम हुन्छI
जुन ५ मा हामी विश्व वातावरण दिवस मनाउँदा औपचारिक कार्यक्रममा प्रशस्तै विरूवा रोप्ने गर्छौं। तर धेरैले त्यसको हेरविचार गर्दैनन्। विरूवा जुन ५ मा मात्र होइन, अन्य दिनहरूमा पनि रोप्नुपर्छI ती रोपिएका विरूवाको स्यहार गर्नुपर्छ र हुर्काउनु पर्छI
हामीले वातावरण प्रदुषित हुनबाट बचाउनु पर्छ। पृथ्वी सबैको साझा घर होI पृथ्वी आजको पुस्ताको लागि मात्र होइन, भोलिको पुस्ताको लागि पनि होI त्यसैले, हामी सबै मिलेर जुन ५ मा विश्व वाताबरण दिवस मनाऔंI र, वातावरण सफा राखौंI पृथ्वी सबैको घर भएकाले भोलिको पुस्ताको लागि पनि बचाऔंI
(साइना ढुङ्गेल बानेश्वरस्थित पाठशालानेपालफाउन्डेसनमा कक्षा ६ मा अध्ययनरत छिन्।)