सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला।
इमेल: ketaketi.setopati@gmail.com
करोडौंमा जन्मिदै, लाखौंमा हुर्किदै,
हजारौंसगँ लड्दै, सयौंलाई पछाड्दै
आखिरिमा मृत्युसगँ हार्नु पर्छ जिन्दगी
फरक यति मात्र हाे, काे, कहाँ र कसरी मृत्युसगँ लड्छ।
हाे! अहिलेकाे समयमा आदर्श दाजुकाे बाबाले मृत्युसगँ लड्दा लड्दै ज्यान गुमाउनु भएकाे छ। आज एक छोराले आफ्नो बाबा मात्र नगुमाइ सारा देशले नै एक असल नागरिक गुमाएका छन्। आवाज त उठाउन सक्ने हुनुहुन्थ्यो उहाँले तर कैयौं आवाज त्याे सम्सान घाटकाे लाससँगै जलेर राफ भैसकेका छन्। कैयौं मान्छे मारिए, मर्दैछन् र मारिनेछन् अझै। देश बदल्न जरूरी छ, साेच बदल्न पनि जरूरी छ।
दु:ख लाग्दाे कुरा के भने नि दाजु, तिम्रा बाबा नेपालकाे मन्त्री अथवा प्रधानमन्त्री थिएनन्। चार-चारवटा किड्नी फेर्न सक्ने। तिम्रा बाबा नेपालकाे धनी व्यक्ति पनि थिएनन् दाजु आफ्नै अस्पताल बनाएर आफैँ उपचार गर्न सक्ने। आज आफ्नै घरकाे एउटा सदस्यले 'म मेरो किड्नी भिनाजुलाई दिन्छु' भन्दा डाक्टरहरू मिलेर 'तिमी अर्को देश (भारत) काे मान्छे हौं। तिमीले किड्नी दिन मिल्दैन।' भन्दा आज आदर्श दाजुका बाबा यस संसारमा रहेनन्।
म प्रश्न गर्छु सरकार तिमीलाई, 'भारतकाे इसारामा सरकार जाेगाउन मिल्ने तर भारतको नागरिक नातेदारकाे किड्नी हालेर बिरामी जाेगाउन नमिल्ने?'
आदर्श दाजुकाे विषयमा केही अझै बाेल्न मन लाग्याे। अधिकार त छ हाेला नि महाेदय?
म बाेल्नुकाे पछाडि पनि कुनै गहिरो र महत्वपूर्ण कारणहरू छन्। हामीले आदर्श दाजुकाे कुरा सुन्दा एनएमसी र नारायणी अस्पतालले गर्दा आज आदर्श दाजुकाे बाबाकाे ज्यान गएको हाे। आदर्श दाजुले आफ्नो भिडिओमा यति धेरै प्रमाणहरू दिँदा समेत सरकार र सम्बन्धित निकायले कदम चाल्दैन भने हामीले सरकारबाट पाउने अधिकारको के अपेक्षा गर्ने?
पोलिटिकल गुन्डा र माफियाका डरले अझै पनि कति आवाजहरू मौन हाेलान्। आफ्ना समस्याहरू बाहिर निकाल्नका लागि, जनतालाई सुनाउनका लागि मैले आजकाे दिनमा नेपाल एउटा यस्तो देश पाएँ जहाँ नेपालमा पर्ने तराईंका मानिसलाई भारतीय, धाेती र बिहारी भनिन्छ। तर भारतमा पर्ने सिक्किम र दार्जिलिङका मानिसलाई भने नेपाली भनेर सम्बोधन गरिन्छ। फेरि मैले यस बीचमा भेदभाव गरेकाे हाेइन माफ गर्नुहाेला महोदय।
फेरि पनि भन्न चाहान्छु बाेल्नुस्
आफ्नाे समस्याहरू खाेल्नुस्
अनि आफ्नाे हक र अधिकारकाे लागि लड्नुस्।
म अन्त्यमा भन्न चाहान्छु, अब हामी सबैले आफ्नो हक र अधिकारकाे लागि आवाज उठाऔं र लड्न पनि सिकौं।
(बिजय लामिछाने तरुण माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्।)