सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविताः
भनिन्छ
सुर्तीजन्य पदार्थ त्याग्न
प्रतिबद्धता गरौं
तर
सुरु मै प्रश्न गर्न
चाहन्छु
कोबाट?
बुबाले अह्राउनु हुन्छ
जाऊ छोरा
तमाखुले भरेको चिलिममा
आगो हालेर लिएर आउ
फेरी
आमाले छोरीलाई भन्नुहुन्छ
छोरी चुरोटमा आगो
टँसाएर लिएर
आऊ त
आज त्यही
भोलि त्यही
यस्तो परिस्थितीमा
थोरै रहर त
छोराछोरीलाई पनि
हुँदाे हो!
थोरै त चाख्न
मन लाग्ला नि!
हो
यो बानी
बुबाआमाले त्याग्नु पर्छ
फेरी
यतिले पुग्दैन
घर-परिवार, समाज, विवाह, भोज, भतेरमा
एक सर्को त हो नि!
सुर्तीजन्य पदार्थ त्याग्न
अब यसरी
कसरी सकिएला त?
यसैमा छ प्रश्न
पसलमा कापी किन्न जान्छु
देख्छु
पत्ता झुन्डिएको अनि
फेरी
चुरोटको बट्टा सजाएर
बेच्न राखेको देख्छु।
अनि लाग्छ किन
यस्तो पदार्थ
बेचेको होला?
आँखाले नियाल्छ
ठूलो बट्टामा अनि
सानो नदेखिने
अक्षरमा
धुम्रपान स्वास्थको लागि
हानिकारक
छ रे!
हानिकारक भए
किन बेचिन्छ त?
बिर्सिएर कतै
हानिकारको ठाउँमा
खानिकारक
भनेको त होइन?
यदि होइन भने
यस्ता पदार्थ
उत्पादन गर्ने
कम्पनी नै बन्द
गराएर बेच्न समेत
बन्देज लगाउँदा
यस्ता चिज
आफै त्यागिन्छ
अनि
रोगबाट पनि बचिन्छ
यो अरुले
सिकाई रहनु पर्दैन
आफ्नै ज्ञानले
सिक्नु पर्ने कुरा हो
यसलाई त्याग्न
सकिएन भने
सुक्ष्म जीवाणु
कोरोना भाइरसबाट
बच्न सफल
भएकाहरू पनि
अर्बुद रोगको
डँढेलाले गर्दा
अकालमा
ज्यान गुमाउनु पर्छ
त्यसैले
सुर्तीजन्य पदार्थ त्यागौं
र स्वस्थ बनौं।
(श्रेया नेपाल भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्।)