सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविताः
पशुपति मित्र हाम्रो शिक्षाको भूमी ज्ञानको ज्योति छर्ने
चम्किलो तारा जगाउँदै सारा सिर्जना नौलो भर्ने
ज्ञानको खानी पशुपति मित्र स्कुल हेर न कति सुन्दर
हरियाली छेउछाउ वरिपरि शुद्ध छ पानी हाम्रो
आउ मित्र स्वागत गर्नेछौं ज्ञानको खानी भित्र
हात समाई लेख्न लगाउने गुरू छन् असल मित्र
कोपिला हामी फुलेर बन्छौं फुलको थुङ्गा जस्तै
सुवास छर्दै अगाडी बढ्छौं पशुपतिको नाम राख्दै
बालमैत्री विद्यालय पशुपतिको चिनारी
नमुना रूप छर्ने हामी हौं शिक्षाका पुजारी
समनताको पाइला टेकी हातेमालो गर्दै जाऔं
सफलताको शिर छुँदै नयाँ उमंग बढाऔं।
(देवजङ्ग शाही पशुपति मित्र माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन्।)