सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
साथीहरू, हामी जुन ५ मा विश्व वातावरण दिवस मनाउछौं। हरेक वर्ष वातावरण दिवसको दिनले हामीलाई वातावरण सुन्दर, सफा र स्वच्छ राख्नुपर्छ भन्ने सम्झना गराउँछ।
हामीले प्लाष्टिकहरू पोल्नु हुँदैन। किनभने प्लाष्टिक पोल्दा निस्किने धुँवाले क्यान्सर जस्ता ज्यान लिने रोग निम्त्याउँछ। त्यसैले प्लाष्टिक जथाभावी नफालौं। प्लाष्टिकको विकल्पमा हामी कपडा अथवा जुटको झोला प्रयोग गरौं। यो कुरा हामीले अरूलाई पनि बुझाउँनु पर्छ। वातावरण दिवस र अन्य दिनहरूमा पनि वातावरण सफा, सुन्दर र स्वच्छ राख्नको लागि सबैलाई सिकाऔं र आफू पनि गरौं।
हामीले वातावरण किन सफा राख्नुपर्छ भन्ने तर्क मैले यहाँ ५ बुँदामा प्रस्तुत गरेकी छु।
१. वातावरण सुरक्षित राख्न
२. रोगबाट आफू र अरूलाई बचाउन
३. हरियाली जोगाउन
४. आनन्द तथा खुसी हुन
५. सबै जनावर र विरूवालाई बचाउन
हामीले जथाभावी रूखहरू पनि काट्नु हुँदैन। किनभने मानिस र अन्य सम्पूर्ण प्राणीलाई सास फेर्न अक्सिजन चाहिन्छ। र, अक्सिजन रूख र विरूवाहरूबाट पाउछौं। विरूवाहरूको जीवन पनि हामी मानिसको जस्तै हो।
वातावरण दिवसको दिन मात्र होइन, हामीले सधैँ वातावरण जोगाउन विरूवा रोप्नुपर्छ र वातावरण सफा राख्नुपर्छ। हरेक साल वातावरण दिवसले शिक्षा मात्र दिन खोजेको हो। कतिपय मानिसलाई त विरूवाहरू जोगाउनुपर्छ भन्ने पनि थाहा छैन। त्यसैले वातावरण दिवस सबैले मनाउनु पर्छ र वातावरण जोगाउन विभिन्न तरिकाले शिक्षा लिनुपर्छ। नभए हाम्रो वातावरण धेरै फोहोर हुन्छ र थुप्रै रोगहरू फैलिनसक्छ।
वातावरणलाई सफा राखेनौं भने पृथ्वी नै रहन्न। अनि हामी कहाँ रहने? त्यसैले, हामी बाँच्न हाम्रो वातावरण जोगाउनुपर्छ।
(रूबस पराजुली जी एस निकेतन माद्यामिक विलालय, हेटौंडामा कक्षा ३ मा अध्ययनरत छिन्।)