सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
कोरोनाले गर्दा धेरै मान्छे मरे
कोरोना त सबैभन्दा ठूलो रोग अ'रे
घरभित्रै बस्न पर्ने बाहिर जान डर छ
कोरोनाबाट बच्न साबुन र पानीले हात धुनपर्छ
लकडाउन छ पसल पनि सबै बन्द
घरमै बसौं यस्तो बेला बाहिर जानु भन्दा
हामी पनि भाइरसबाट बचेँ त
आमा-बुबा, दिदी-बहिनी हुनु सचेत
धेरै जना मान्छेले गुमाइसके ज्यान
लापरबाही गर्न हुन्न दिनुपर्छ ध्यान
बेलाबेला हातमा सेनिटाइजर दल्नुहोस्
बाहिर जानै परेमा माक्सको प्रयोग गर्नुहोस्
चाउचाउ बिस्कुट किन्नलाई पसलमा नजानु
तागतिलो अनि स्वच्छ खानेकुरा खानु
तातो पानि पिउनु पर्छ चिसो पिउनु हुन्न
उमालेको पानी खाँदा अरू रोगले छुन्न
मान्छे-मान्छे डराउने कस्तो रोग आयो
कोरोनाले विश्वभरी तहल्का मच्चायो
यो भाईरस अब झनै भयो महामारी
अब यो महामारी हटाउनी कसरी?
(प्रशंसा वाग्ले शितलदेवी माध्यामिक विद्यालय, पोखरमा कक्षा ६ मा अध्ययनरत छिन्।)