सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
राम एउटा ज्ञानी, राम्रो र असल केटो हो। उसका अक्षर पनि निकै राम्रा छन्। रामको विद्यालयमा धेरै विषय छन्। अनि धेरै लेख्नुपर्छ। त्यसैले, सिसाकलम तासिरहनुपर्छ।
रामका मिल्ने साथी हरि, ज्ञानु र श्याम एउटै कलमलाई धेरै समयसम्म चलाउँथे। तर राम भने उसको सिसाकलम अनावश्यक रूपमा तासिरहन्थ्यो। उसको सिसाकलम सानो र बुच्चे हुन्थ्यो। त्यसैले, ऊ आफ्ना आमाबुवासँग जहिल्यै नयाँ सिसाकलम माग्थ्यो। उसका आमाबुवा उसलाई सम्झाउँदै भन्थे, 'कलम सानो छ तर लेख्न्न त मिल्छ नि।'
तर राम झर्केर भन्थ्यो, 'सिसाकलम सानो छ। त्यसैले, यसले लेख्न गार्ह्रो हुन्छ।'
एक दिन रामले सिसाकलम मागेको देखेर उसकी आमाले उसलाई सम्झाउँदै भन्नुभयो, 'सिसाकलम धेरै प्रयोग गर्दा सिसाकलमको उत्पादन बढी गर्नुपर्छ। धेरै सिसाकलम बनाउन रूख धेरै काट्नु पर्छ। र, हाम्रो वातावरण बिग्रन्छ। वातावरण बिग्रियो भने विभिन्न किसिमका रोगहरू आउँछन् र हाम्रो स्वास्थ्यमा नराम्रो असर गर्छ। त्यसैले, सिसाकलम अनावस्यक रूपमा धेरै प्रयोग गर्नुहुँदैन।'
त्यसबेलादेखि रामले सिसाकलमको महत्व बुझ्यो र आमाबुवासँग माफी माग्यो। उसले अबदेखि सिसाकलमको जतन गर्ने बाचा गर्यो र सिसाकलम सानो नहुन्जेल लेखिरह्यो।
(आरोही खरेल हिम रश्मी हाइ स्कुलमा कक्षा २ मा अध्ययनत छिन्।)