सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
कहिले रूँदै बस्ने
कहिले हाँस्ने खेल्ने
हाँस्दै बस्यो भने
कति राम्रो हुने।
न त झगडा गर्ने
न त चिच्याउने
यस्तै गर्यो भने
कति राम्रो हुने।
कहिले ज्ञानी हुने
कहिले चुलबुल हुने
ज्ञानी बन्यो भने
कति राम्रो हुने।
पढ्न लेख्न अल्छी
खेल्दा खसी हुने
सधैँ पढ्न बसे
कति राम्रो हुने।
(शुभश्री मल्ल डियरवाक सिफल स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन्।)