सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
कविता:
जहाँ छ विश्वकै अग्लो हिमाल
सांस्कृतिक विविधता भएको हाम्रो देश नेपाल
बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय भएको हाम्रो देश
यहाँ बस्ने सबैको छ आ-आफ्नो छुट्टै धर्म र भेष।
यहाँ हामी १२६ वर्गका जात पाउँछौ
आ-आफ्नो जातको सांस्कृतिक भेष पनि लाउँछौ
बाहुन र क्षेत्रीको संस्कारमा जनै पूर्णिमामा पुरूषहरूले जनै लगाउँछन्
तीजमा महिलाहरू कठोर ब्रत बसी ऋषि पंचमी मनाउँछन्।
यिनीहरूले दशैं, तिहार, छठ, माघेसङ्क्रान्ति, जनै पूर्णिमा जस्ता चाडपर्व मनाउँदै आएका छन्
कयौं वर्षदेखि दालभात ढिडोलाई आफ्नो प्रमुख खाना मानेर खाएका छन्
थारूहरूले आफ्नो छुट्टै जात मान्दै आएका छन् जस्तै जीतिया र माघी
थारू भाषा नै मातृभाषा हो उनीहरूका लागि।
गुरूङ, शेर्पा तथा तामाङको पनि आफ्नो छुट्टै लोसार र पर्व रहेको छ
प्राचीनकालदेखि नै राई जातिहरूको उभौली र उधौली चाडपर्व रहिआएको छ
त्यस्तै नेवारहरूले मनाउने गर्छन् गाईजात्रा
लाखे नचाउँदै यिनीहरूले गर्छन् घरघरमा यात्रा।
वैशाखको पूर्णिमामा बुद्ध जयन्ती मनाउने गर्छन् बौद्ध धर्मावलम्बीहरूले गुम्बामा गई
कृष्णजन्माष्टमी मनाउने गर्छन् बच्चाबच्चीहरू राधाकृष्ण भई
मुस्लिमहरू ब्रत बस्छन् इदको एक महिनासम्म
यिनीहरूले इदलाई समापन गर्छन् भई मस्जिदमा जम्मा।
हरेक जातजातिका बच्चाबच्चीले श्रीपञ्चमीमा पूजा गर्ने गर्छन् विद्यालयमा जम्मा भई
बच्चाबच्चीहरूले अक्षर आरम्भ पनि गर्छन् विद्यालयमा गई
यही र यसरी नै मनाउने गर्छौं हामीले यहाँ चाडपर्व
मलाई नेपाली भएर जन्मिएकोमा निकै नै छ गर्व।
(शुभमा न्यौपाने सनराइज इङ्गलिस स्कुल, भरतपुर, चितवनमा कक्षा ७ मा अध्ययनरत छिन्।)